बत्तीको सडकमा हिड्यौ तिमी,
दाल, भात खायौ कि सोल्माडी टिल?
तिमी पत्थर दिल।
कस्तो छ सम्बाद, कस्तो छ कथा?
'सी' ट्रैन चढदा सम्झयौ कि बारी डिल?
तिमी पत्थर दिल।
कस्तो छ तिम्रो उडान?
भौतारिँदै छौ कि चुम्नै लाग्यौ आकाश नील ?
तिमी पत्थर दिल।
साथी भाईले सोधे कि तिम्रो सन्चो, बिसन्चो?
कि एकान्तमा निकाल्दै छौ बरुला खिल?
तिमी पत्थर दिल।
कस्तो देख्छौ सपना आज भोली?
कि चुच्चे 'अलार्म'ले उडाउँछ निँदको मेहेफिल?
तिमी पत्थर दिल।
याद पनि आउछु के म आज भोली?
के साँस बाँकी छ त्यो स्वर कोकील?
तिमी, तिमी पत्थर दिल।
लेखक - मनोज महर्जन


No comments:
Post a Comment