बिद्यालय पढ़े देखि English language को पछि दौडेर हो या यसलाई राम्रो बनाउने चक्करमा मैले मातृभाषा नेपाली नै कति बिर्सेछु भन्ने त यसरी नेपालीमा कोर्न थाल्दा नअड़की शुद्ध पनि लेख्न सक्ने हातहरु एका एक कुनै ठेट English शब्दकै नेपाली नआउंदा र आए पनि कनि कुथी लेखेर खुम्चिने नाकलाई पहिले नै थाहा थियो | त्यसमा घीऊ थप्ने काम बुद्धिसागरको " कर्णाली ब्लूज "ले गर्यों | तिनको हरेक हरफको मौलिक शब्दहरु र ग्रामीण परिबेशको ठेट नेपालीपनमा मैले मेरो आफ्नो (खास त नेवारी हो , त्यसको त झन् कुरै नगरौं बल्ल बल्ल बोल्न सक्छु , धेरैले म नेवार हैन भन्ठानेर या बुझ्दैन भनेर मेरै कुरा काटे भने चाहिं रमाइलो हुन्छ,मन मनै हासिन्छ).......लु !! कॉ थियौं ? अं !! मैले मेरो आफ्नोपन भुले या सम्झे त्यो पनि थाहा भएन |
बस् यो महसुस भयो कि हाम्रो देश अरु कुरामा पछि भएनि भाषामा अगाडी नै छ । हाम्रा Boarding School पढ्ने नानीहरुले 6/7 class पुग्दा नपुग्दै English पढ्न लेख्न सक्छन् |नेपालीमा त फरर्र बोली हाल्छन् तर नेपाली भाषा (यसको बोलाई, लेखाई ) अरु भाषा भन्दा गारो छ, (Bishwo Bhasha Campus मा बिदेशीहरुलाई 6 semester लाग्छ यो पढ्नलाई जबकी अरु भाषा मात्र 4 semester पढाई हुन्छ )