Friday, September 10

शुन्यताको त्यो एक प्रहर

कुनै बेला यस्ता अवसर या चाड पर्व बिना पनि हर दम उत्साह र उमंगले चम्कीरहने ती नयनहरुमा आज न त्यो चमक छ न उत्साहको कुनै छनक | भाव शुन्य ती नयनहरु परको बस्तिमा लागेको हुस्सू नियाली रहेका थिए | त्यो शीतल बिहानीलाई बिस्तारै सूर्यका किरणहरुले चिर्दै लगे पछि उनको नजर पुराना ती राता चुराहरू माथि पर्न गयो | कयौ बर्ष देखि दराजमा कैद तिनमा धुलो जमेको र तिनका चमक हराई सकेको देखेर उनी केही हतास भइन, तर उठेर तिनलाई सफा गर्ने जांगर पनि थिएन उनमा |

एकटक लगाएर ती चुराहरु र त्यससंग गासिएका सम्झनामा रहेका केही तीता मीठा पलहरु स्मरण शक्तिले भ्याएसम्म बटुल्न थाली आफ्नो मानसपटलमा |



एनामा आफ्नो रूप नियाल्दा अहिले उनी झस्किने गर्छिन तर अब यो रूपको मूल्याङ्कन कसैले नगर्ने र यसको अस्तित्वले कसैलाई फरक नपर्ने भएकोले उनी त्यति  चिन्तित हुदिनन | तर आज चिन्ताको अर्कै रेखा कोरिएको छ त्यो मुहारमा , मुस्काउन बिर्सिसकेका ओठहरु कपिराहेका छन र थकित मस्तिष्कमा एउटै प्रश्न सल्बलाई रहेको छ "अब यो जीवनको के अर्थ ?" बाच्ने कुनै रहर नहुँदा पनि किन रोकिन्नन यी सासहरु,? यति ठुलो संसारमा आफ्नो भन्ने कोही नहुँदा पनि कसको लागि धड्किन्छ यो मुटु ? किन? यो शुन्यतामा यो आवाज़ के को फेरी ? ए साची आज त तीज, हिन्दू नारीको महान चाड | सबको घर आगनमा रमझम, राता साड़ी चोलो, गहनामा सजिएका आईमाईहरु नाच गान गरी रमाई  रहेका बेला उनी भने फूंग रंग उड़ेको कपड़ा लगाएर एक्लै टोलाइ रहेकी छिन

अचानक आकाशमा कालो बादल  छाउन थाल्छ अनि पानी बर्सन थाले पछि उनी धेरै दिन पछि कौशिमा निस्केर आकाश संगै रुन थाल्छिन अनि त्यो भावशून्य प्रहर तोडीन्छ .....

well i don't really know whether this could be the beginning or the end....it was there in one of the pages of my diary and I felt like sharing keeping the occassion in mind. Though its bit tragic I want to wish all Hindus and specially women a Happy Teej, may your love prosper.
  








2 comments:

  1. Though tragic .. its quite beautifully presented. Hats off !! you have got the potential of being a good writer, indeed YOU ARE. Keep it up :) Love to read further like this. Well, about the things you have plotted, I suppose, it was the real story you had went through in the past. So just wanna to say BE STRONG .. you hadn't mentioned the reason of that frustration and despair on life but life doesn't remain the same. Hope everything is alright by now.

    ReplyDelete
  2. Well m really flattered n glad ...I want to clarify though this plot has nothing to do with my past...i had just pictured a widow or a woman waiting for her love to return from abroad(war). Yes U are right that everything is alright for now. Thank you very much.

    ReplyDelete

Popular Posts