With more spare time I thought of publishing my old journal dating 2 years back. I am afraid they are not very nice writings and I was planning to dump them but some of my friends and brothers who love reading my thoughts suggested me to keep on writing without thinking of what others might think about it. Yes, I am not a professional writer and don't always need to be praised हैन त? So here it goes...well I warn you beforehand they are bit silly without any clear-cut conclusion...
जीवन सधै उत्साह र उमंगले भरिपूर्ण हुन्छ भन्ने छैन, दिन पछिको रात, सुख पछिको दु:ख त सास्वत सत्य नै हो | हुन पनि हो जिन्दगी सधै एकैनासको भैरह्यो भने त जिउनुको मज्जा र रहस्यले जन्माउने खुल्दुली संगसंगै परिबर्तनले ल्याउने नयाँ उमंग या उदासीनता जस्ता आफुले अंगाल्नु पर्ने स्वरुप नै रहदैन जस बिना जीवन आकारहीन, रंगहीन कुरूप, फुस्रो, फुंग हुन जान्छ |
हो जीवनको सही अर्थ उमंग र उदासीनता दुबैमा लुकेको हुन्छ, फरक यति मात्र हो की उमंगमा हामी जीवनको परिभाषालाई सकारात्मक शब्दहरुले एउटा निस्चित परिधिमा बाँधेर यसरी परिभाषा या विश्लेषणका लागि रातको २ बजे वा दिनभर सोचमा मग्न हुदैनौ बरु अन्य रमाइला कार्यमा दिन ब्यतीत गरी साँझ ती रमाइला पलहरुलाई शब्द या अहिलेका आधुनिक प्रबिधिहरु जस्तै digital camera, mobile या कंप्यूटरमा कैद गरी आनन्द र चिर निन्द्रामा मस्त भई भोलीपल्ट तरो ताजा बिउझन्थेउ होला ...तर यस्तो क्रम सधै चलिरह्यो भने एकदिन त्यहि हँसी मजाकबाट पनि मन भरेर आउंछ , भनीहाले नि एकोहोरो जीवन जीवन नै हैन |
सधै बगीरहने खोला त कहिले सुखा बगर त कहिले खहरे त कहिले कलकल निश्छल हुन्छ भने सर्बश्रेष्ठ यत्तिका धेरै सर साधनले युक्त अनि अन्य प्राणी भन्दा साला खाला लामो समय बाच्न
पाइने मानिसको जीवनमा परिबर्तनले ठुलो भूमिका खेलेको हुन्छ | त्यस्तै परिबर्तनको पखाईमा मानिस सधै भौंतरी रहन्छ र त्यहि भीड़मा सामेल छु म पनि र यो यात्रा अनवरत बगीरहने नदी सरी अनन्त छ........



No comments:
Post a Comment